पोखरामा बाहिनीपति कप सुरु

पाेखरा | चैत ७, २०८०

पोखरामा बाहिनीपति कप सुरु

पोखरा:   सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा पोखरामा ‘बाहिनीपति कप २०८०’ सुरु भएको छ । 

 

नेपाल सशस्त्र प्रहरी बलले फागुन र चैत्र महिनालाई खेलकुद महिना घोषणा गरी देशै भरका सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्ने उदेश्यसहित पोखरामा पनि बाहिनीपति कप सुरु भएको हो ।

 

उक्त कप आगामी ११ गतेसम्म सञ्चालन हुनेछ ।

 

बाहिनीपति कपको उद्घाटन बाहिनीका सहायक बाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णराज पाठकले गरे । 

 

सो अवसरमा बोल्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पाठकले सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्न उक्त प्रतियोगिताले सघाउ पुर्याउने धारणा राखे । 

 

उक्त प्रतियोगितामा गण्डकी प्रदेश भित्रका सबै इकाईहरुको सहभागिता रहेको छ ।

 

उक्त कपमा भलिबल तथा एथ्लेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको छ । सो कपमा गण्डकी प्रदेश अन्तरगतका ३० जना महिला सशत्र प्रहरी कर्मचारीसहित कुल २१७ जना सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको छ ।

 

सोही कपबाट छनोट भइ आइजिपी कपमा भाग लिने सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयले जनाएको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्